logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • पूर्वको मुकुमलुङको छलफल पश्चिम पोखरामा, कांग्रेस सभापतिहरुले गृहमन्त्रीलाई भने- सरकार गम्भीर हुनुपर्यो

    1.7KShares
    पूर्वको मुकुमलुङको छलफल पश्चिम पोखरामा, कांग्रेस सभापतिहरुले गृहमन्त्रीलाई भने- सरकार गम्भीर हुनुपर्यो

    काठमाडौं । मुकुमलुङ पाथिभरा केबलकारको विषयमा नेपाली कांग्रेस कोशी प्रदेशका जिल्ला सभापतिहरुले पोखरामा गृहमन्त्री रमेश लेखकसँग भेटेर सरकारको ध्यानाकर्षण गराएका छन्।

    उनीहरुले पाथिभरा धार्मिक तथा पर्यटनको हिसावले अत्यन्त महत्त्वपूर्ण रहेको हुँदा यसको विकास र त्यहाँका मौलिक संस्कृतिको विषयमा कदम उठाउँदा सबै पक्ष र अवस्थाको बारे गहन अध्ययन गरेर मात्र अघि बढ्न गृहमन्त्रीसँग छलफल गरिएको नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले फास्ट न्युज सेभेन डटकम (www.fastnews7.com) लाई जानकारी दिनुभयो।

    उहाँले भन्नुभयो, “हामीले गृहमन्त्री ज्यूलाई मुकुमलुङ पाथीभरा केबलकार बन्ने कुरा भौतिक  विकासको कुरा भएपनि त्यस क्षेत्रमा रहेका स्थानीयहरुको पनि धार्मिक सांस्कृतिक आस्थाको विषय भएको हुँदा सरकार गम्भीर हुनुपर्छ। जुन ढंगले मुकुमलुङ संघर्ष समिति र केवलकार निर्माणका पक्ष बिच झडप र क्षति भयो, यस्तो दुखद घटना थप हुन नदिन तत्काल सरकारले भूमिका खेल्न आग्रह गरेका छौँ ।”

    नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान समितिको दुईदिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन देशभरबाट भेला भएका कांग्रेस जिल्ला सभापति तथा उपसभापतिहरुको भेला चलिरहँदा यो पनि सार्वजनिक महत्वको विषय भएको कारण गृहमन्त्रीसँग छलफल गरेको सभापति राईले बताउनु भयो । छलफलको क्रममा कोशी प्रदेशका सभापति उद्वव थापा लगायत प्रदेश कार्यसमितिका पधाधिकारीहरुको समेत उपस्थिति थियो।

     

     



    फास्ट न्युज    
  • २०८१ माघ २२, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार