logo

२०८२ असार ५ बिहिबार

logo
  • बिहिबार, ५ असार २०८२
  • ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

    727Shares
    ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

    दमौली (तनहुँ) — पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा खसेको ठूलो ढु्गा हटाइएपछि विमलनगर–आँबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

    वर्षासँगै आएको पहिरोका कारण आइतबार दिउँसो खसेको ढुङ्गा हटाएर एकतर्फी सञ्चालनमा आएको उक्त खण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।

    ढुङ्गा हटाउनका लागि बिहान केही बेर सवारीसाधन रोकिएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जिल्लाका सबै सडक सञ्चालनमा रहेको जानकारी दिए ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १४, सोमबार १०:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार