logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • खोटाङमा  कांग्रेस एमालेको बैठक, संयन्त्रको पुर्णता अर्को बैठकमा

    1.4KShares
    खोटाङमा  कांग्रेस एमालेको बैठक, संयन्त्रको पुर्णता अर्को बैठकमा

           खोटाङ। खोटाङ।खोटाङमा आज नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त बैठक बसेको छ। बैठक वर्तमान संयुक्त सरकारलाई सफल बनाउन जिल्लामा गठित नेपाली कांग्रेस र नेकपा एमालेको ‘दुई दलीय संयन्त्र’को प्रथम बैठक बसेको नेकपा जिल्ला अध्यक्ष देवबिक्रम राईले जानकारी दिनुभयो ।

    दुई दलीय संयन्त्रमा एमालेको तर्फबाट एमाले खोटाङका इन्चार्ज विशाल भट्टराई र कांग्रेसको तर्फबाट जिल्ला सभापति बिष्णुकुमार राईले बैठकको नेतृत्व गर्नेछन् ।


    दलीय संयन्त्रका सदस्यहरू एमाले खोटाङका अध्यक्ष देवविक्रम राई, सचिव सुरेन्द्रकुमार राई तथा आमन्त्रित सदस्यको रूपमा एमाले प्रदेश कमिटीका सदस्य विनादेवी राई, खोटाङका उपाध्यक्ष कुमार आचार्य तथा खोटाङ कांग्रेसका सचिवद्वय समीर राई र ज्ञानेन्द्र जोशी र प्रवक्ता रोजन राईको उपस्थिति रहेको बैठकले संयन्त्रमा नेपाली कांग्रेसको तर्फबाट तोकिने दुई जना सदस्यको नाम समावेस गरि आगामी बैठकसम्ममा पूर्णता दिने, जिल्लाका स्थानीय तहहरूसँग समन्वय गरी त्यहाँ भएका कामहरूको प्रारम्भिक अध्यायन गरि आवश्यक सल्लाह र निर्देशन दिने निर्णय भएको नेपाली कांग्रेसका सभापति बिष्णुकुमार राईले फास्ट न्युज सेभेन डटकमलाई वताउनु भयो।

    सभापति राईले थप भन्नू भयो ” केन्द्रीय गठबन्धनको परिपत्र र निर्देशन अनुसार आज जिल्लमा पहिलो बैठक बसेका छौ। आजको बैठकको अध्यक्षता एमाले जिल्ला इन्चार्ज विशाल भट्टराईले गर्नु भएको  थियो भने आगामी बैठकहरु चक्रिय प्रणाली अनुसार बैठकको अध्यक्षता पालैपालो गरिनेछ । विषेश गरि गठवन्धनलाई प्रभावकारी बनाउन र जनतामुखी बिकासका गतिविधि गर्ने यसको मुख्य लक्ष्य रहनेछ।”



    फास्ट न्युज    
  • २०८१ पुष १८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट