logo

२०८३ असार ३१ बुधबार

logo
  • २०८३ असार ३१ बुधबार
  • जन्तेढुंगा गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन आग्रह

    931Shares
    जन्तेढुंगा गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन आग्रह

    खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ अन्तर्गतका योजना तथा कार्यक्रमहरूको भुक्तानी सम्बन्धमा सरोकारवाला पक्षलाई समयमै आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।
    गाउँपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३०(१) बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिनअघि नै भुक्तानी दिनुपर्ने रकम निकासा गरी लेखा अद्यावधिक गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।

    सोही व्यवस्थाअनुसार गाउँपालिकामार्फत सञ्चालित योजना तथा कार्यक्रमहरूको भुक्तानी लिन आवश्यक कागजातहरू असार १५ गतेभित्र अनिवार्य रूपमा पेश गर्न अनुरोध गरिएको छ।
    सूचनामा विद्युत् तथा इन्टरनेट सेवामा देखिने गरेको  अवरोध र स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (SuTRA) मा अत्यधिक कार्यचापका कारण अन्तिम समयमा भुक्तानी प्रक्रियामा समस्या आउन सक्ने उल्लेख गरिएको छ।

    यसैले उपभोक्ता समिति, निर्माण व्यवसायी, विषयगत शाखा, वडा कार्यालय, सामुदायिक विद्यालय तथा अन्य सरोकारवाला संघ–संस्थालाई समयमै कागजात पेश गरी भुक्तानी लिन आग्रह गरिएको हो।
    गाउँपालिकाले तोकिएको समयभित्र भुक्तानी नलिइएमा सम्बन्धित योजनाको भुक्तानी निकासा बन्द हुने र त्यसका लागि कार्यालय जवाफदेही नहुने स्पष्ट पारेको छ।

    साथै, उक्त अवधिभित्र भुक्तानी नभएका योजना तथा कार्यक्रमहरूको दायित्व आगामी आर्थिक वर्ष २०८३/८४ मा नसारिने समेत सूचनामा जनाइएको छ।
    गाउँपालिकाका प्रशासनिक अधिकृत विनय निरौला र लेखा प्रमुख प्रेमसिंह विष्टद्वारा हस्ताक्षरित सूचनामा सबै सरोकारवाला पक्षलाई आवश्यक कागजातसहित निर्धारित समयभित्र भुक्तानी प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ २१, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट