logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • विश्वकप छनोटमा कोलम्बियाले अर्जेन्टिनालाई हरायो

    844Shares
    विश्वकप छनोटमा कोलम्बियाले अर्जेन्टिनालाई हरायो

    काठमाडौं । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा कोलम्बियाले विश्व विजेता अर्जेन्टिनालाई २(१ ले पराजित गरेको छ ।

    कोलम्बियाको लागि कप्तान जेम्स रोड्रिग्वेज एक गोल र एक असिस्ट तथा यरसन मोस्केराले एक गोल गरे ।

    जितपछि ८ खेलबाट १६ अंक जोडेर कोलम्बिया दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको अर्जेन्टिनाभन्दा कोलम्बिया २ अंकले पछि छ । कोलम्बियाले ८ खेलमा ४ खेल जित्दा ४ बराबरी खेलेको छ । छनोट दोस्रो हार व्यहोरेको अर्जेन्टिनान भने १८ अंकसहित शीर्ष स्थानमै छ ।

    दक्षिण अमेरिकी छनोटको अन्य खेलमा इक्वेडरले पेरुलाई १-० ले पराजित गरेको छ । चिली बोलिभियासँग २-१ ले पराजित भएको छ । उरुग्वे र भेनेजुएलाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार