logo

२०८३ असार २१ आईतवार

logo
  • २०८३ असार २१ आईतवार
  • लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, उत्कृष्ट प्रदर्शनको लक्ष्य

    823Shares
    लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, उत्कृष्ट प्रदर्शनको लक्ष्य

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई आइतबार औपचारिक रूपमा बिदाइ गरिएको छ ।

    नेदरल्यान्ड्स र नामिबियाविरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टोलीलाई विशेष समारोहबीच बिदाइ गरिएको हो । कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव Paras Khadka ले टोलीले गत वर्ष स्कटल्यान्डमा देखाएको उत्कृष्ट प्रदर्शनलाई यसपटक पनि दोहोर्याउने विश्वास व्यक्त गरे ।

    त्यसैगरी टोलीका कप्तान Rohit Paudel ले टोलीको संयोजन सन्तुलित रहेको भन्दै सकारात्मक नतिजा आउनेमा आफू विश्वस्त रहेको बताए ।

    उनले भने, “हाम्रो टोलीको संयोजन निकै राम्रो छ । नेदरल्यान्ड्स र नामिबियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएका छौँ । त्यसअनुसार मानसिक तयारी गरेका छौँ र प्रत्येक खेलाडीले आफ्नो शतप्रतिशत प्रदर्शन गर्नेछन् ।”

    नेपालले जुलाई २१ देखि सुरु हुने लिग–२ त्रिदेशीय शृङ्खलाअघि जर्सीमा तयारी क्याम्प सञ्चालन गर्नेछ । क्यानका अनुसार टोलीले जर्सीमा जुलाई १३ र १५ मा दुई अभ्यास एकदिवसीय खेल पनि खेल्नेछ ।



    फास्ट न्युज    
  • २०८३ असार २१, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट