logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • नेपालमा पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग हुने

    1.2KShares
    नेपालमा पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग हुने

    काठमाडौं । काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रालीको आयोजनामा नेपालमा पहिलोपटक फ्रेन्चाइज आधारमा इन्डोर प्रिमियर लिग क्रिकेट हुने भएको छ । आगामी भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाडौंको चुनिखेलमा रहेको रोयल स्पोर्ट्स पार्कमा उक्त लिग  हुन लागेको हो । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फ्रेन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुने आयोजनले जानकारी दिएको छ ।

    विजेताका लागि इन्डोर क्रिकेटको सर्वाधिक पुरस्कार राशि पुरस्कार व्यवस्था गरिएको छ । यद्यपि, यसबारे केही दिनमा सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।  लिगका टेक्निकल डाइरेक्टर रवीन्द्र गुप्ताले टिम खरिद र खेलाडीको अक्सन हुने बताए । एक जना मार्कीका साथै क्याटगोरी ‘ए’, ‘बी’ र ‘सी’ वर्गीकरण गरी खेलाडीले आफ्नो नाम दर्ता गर्न पाउनेछन् ।

    क्याटेगोरीको ‘ए’ खेलाडीलाई १५ देखि २५ हजार, ‘बी’ खेलाडीलाई १०–१५ हजार र ‘सी’ क्याटगोरीको खेलाडीलाई ५ देखि १० हजार रुपैयाँ मूल्य तय गरिएको छ । हरेक खेलाडीले आफ्नो नाम दर्ता गराउनु पर्नेछ ।

    लिगमा एउटा फ्रेन्चाइज टिमले कुल एक लाख ५० हजार खर्च गर्न पाउनेछ । टिम खरिद गर्न न्युनतम एक लाख ५० हजारसम्म तोकिएको प्रतियोगिताका डाइरेक्टर ज्योति भण्डारीले बताइन् ।

    भण्डारीले यो लिगलाई व्यावसायिक रूपमा अगाडि बढाउने लक्ष्यसहित यो फरम्याटको प्रतिस्पर्धा सुरु गरिएको बताए ।



    फास्ट न्युज    
  • २०८२ असार १२, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट