logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • पोखरालाई पराजित गर्दै सुदूरपश्चिम विजयी

    943Shares
    पोखरालाई पराजित गर्दै सुदूरपश्चिम विजयी

    काठमाडौं । सुदूरपश्चिम रोयल्स् नेपाल प्रिमियर लिगको प्लेअफमा प्रवेश गरेको छ । रोमाञ्चक प्रतिस्पर्धामा पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफमा स्थान बनाएको हो ।

    जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्नुका साथै पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ ।

    सुदूरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १ सय ४८ रन बनाउँदै अल आउट भयो ।

    टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा अलआउट हुँदै १ सय ४८ रनमा समेटियो।

    उसका लागि आन्द्रे गौसले ३६ रन बनाउँदा रेमन रिफरले ३३ रन बनाए। त्यस्तै, किरन ठगुन्नाले ३२ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा दिनेश खरेलले १५ रन बनाएका थिए। सुदूरपश्चिमका लागि स्कट कुग्लिङ्गले ५ विकेट लिँदा हर्मित सिंहले २ विकेट लिए। त्यस्तै, साइफ जाइबले १ विकेट लिएका थिए।



    फास्ट न्युज    
  • २०८१ मंसिर ३०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट