logo

२०८२ असार ५ बिहिबार

logo
  • बिहिबार, ५ असार २०८२
  • नेपाली बडीबिल्डरहरुको टोली स्वदेश फर्कियो

    706Shares
    नेपाली बडीबिल्डरहरुको टोली स्वदेश फर्कियो

    काठमाडौं । माल्दिभ्समा सम्पन्न पन्ध्रौं विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपमा भाग लिइ नेपाली बडीबिल्डरहरुको टोली स्वदेश फर्किएको छ ।

    च्याम्पियनसिपमा पदक विजेता बडीबिल्डरहरु रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठको टोलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

    विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै बडीबिल्डर रजनी श्रेष्ठले केटीहरु पनि पुरुषहरु भन्दा कम छैन भनेर देखाउनको लागि एकदमै ठूलो अवसर प्राप्त भएको भन्दै खुसि व्यक्त गरेकी छन् ।

    उनले भनिन्, ‘महिलाहरु घरमै सिमित नभएर बाहिर गएर पुरुष सरह काम गर्न सक्ने रैछौं । हाम्रो देश नेपालको नाम बाहिर लगेर चिनाउन सक्ने रहेछौं हामी पुरुषहरु भन्दा कम छैनांै भनेर देखाउनको लागि एकदमै ठूलो अवसर प्राप्त भएको छ । यसरी भाग लिन पाउँदा एकदमै खुसि पनि लागेको छ ।’

    नेपालका तीन बडीबिल्डर रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठले १५औँ वर्ल्ड बडीबिल्डिङ एन्ड फिजिक स्पोर्टस् च्याम्पियन्सिप २०२४ मा रजत पदक जितेका छन् ।

    विश्व बडीबिल्डङ एन्ड फिजिक स्पोर्टस् फेडरेसन्ससँगको सहकार्यमा बडीबिल्डिङ एसोसिएसन अफ मालदिभ्सद्वारा मालेमा आयोजित भएको प्रतियोगितामा रुजेशले ६० केजी, प्रज्वलले ४० वर्षमाथि र रजनीले ५५ केजीमाथि दोस्रो स्थान हासिल गरेका हुन् । प्रतियोगितामा नेपालका ६ खेलाडीले सहभागिता जनाएका थिए ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २८, बुधबार १२:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार