logo

२०८१ मंसिर २९ शनिबार

logo
  • शनिबार, २९ मंसिर २०८१
  • नेपाली युवा महिला टीम इतिहास रच्दै विश्वकप क्रिकेटमा छनोट

    नेपाली युवा महिला टीम इतिहास रच्दै विश्वकप क्रिकेटमा छनोट

    429
    SHARES
    नेपाली युवा महिला टीम इतिहास रच्दै विश्वकप क्रिकेटमा छनोट

    काठमाडौं । घरेलु टिम युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध आठ विकेटको सहज जित निकाल्दै नेपाली युवा महिला क्रिकेट टिम आईसीसी यू–१९ विश्वकपमा छनोट भएको छ ।
    नेपाली यू–१९ महिला क्रिकेट टिम पहिलोपटक इतिहास रच्दै विश्वकपमा छनोट भएको हो ।



    यूएईको सेभेन डिस्ट्रिक मैदानमा सम्पन्न खेलमा यूएईले प्रस्तुत गरेको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा पूरा गरेसँगै विश्वकप यात्रा तय गरेको हो । विश्वकपमा छनोट हुन आज नेपालले यूएईविरुद्ध १६.२ ओभरमा जित निकाल्न पर्ने समीकरण थियो । समीकरणभन्दा अघि नै जित निकालेसँगै नेपाली युवा महिला टिम यू–१९ विश्वकपमा छनोट भएको हो ।

    नेपालको जितमा ओपनर साना प्रविनले अविजित ३५ रन बनाइन् । उनले ४२ बलमा एक चौका प्रहार गरिन् । यस्तै, कप्तान पुजा महतोले २१, सोनी पाख्रिनले १३ र सवित्री धामीले १२ रन थपिन् । यूएईकी मेहक ठाकुरले दुई विकेट लिएकी थिइन् ।

    त्यसअघि टस जितेर ब्याटिङमा आएको घरेलु टिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८३ रनको योगफल खडा गरेको थियो । यूएईकी समाइरा धर्निधर्काले ३१ रन बनाएकी थिइन् । रिनिथा रजिथले २० र इन्दुजा नन्दाकुमारले १० रन थपिन् । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । यूएईका चार ब्याटर शून्यमा आउट भएका थिए ।

    नेपालबाट कृष्मा गुरुङले चार विकेट लिएकी थिइन् । चार ओभर बलिङ गरेकी कृष्माले १३ रन खर्चिइन् । सिमा केसी र रिया शर्माले समान दुई विकेट लिँदा रचना कुमारी चौधरीले एक विकेट हात पारिन् ।

    जितसँगै नेपालले यूएईलाई नेट रनरेटमा पछि पारेको हो ।


    फास्ट न्युज
  • बिहिबार, २९ कार्तिक २०८१
  • सम्बन्धित समाचार