logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • जापानमा सत्तारुढ दललाई बहुमत मिलेन

    877Shares
    जापानमा सत्तारुढ दललाई बहुमत मिलेन

    काठमाडौं । जापानमा लामो समयसम्म सत्तामा रहेका गठबन्धनले बहुमत गुमाएको छ।

    आइतबार सम्पन्न आम निर्वाचनबाट १५ वर्षदेखि जापानमा सरकार चलाइरहेको लिबरल डेमेक्र्याटिक पार्टी (एलडिपी) र कोमिइतो पार्टीको गठबन्धनले बहुमत गुमाएको हो।

    एलडिपीले यसपालि १९१ र कोमिइतोले २४ सिटमात्रै जिते।

    अघिल्लो आम निर्वाचनमा २८८ सिट जितेको गठबन्धन्ले यसपालि कुल २१५ सिट मात्रै जितेको छ। तल्लो सदन ४६५ सदस्यीय छ। सामान्य बहुमतका लागि कम्तिमा २३३ सिट आवश्यक रहनेमा सत्तागठबन्धन त्यसबाट १८ सिट पर छ।

    कन्स्टिच्युसनल डेमोक्र्याटिक पार्टीले १४८ सिट जितेको छ।

    अघिल्लो पटक ४३ सिट जितेको निप्पोन इशिनले यसपालि ३८ सिट जित्यो। डेमोक्र्याटिक पार्टी फर दि पिपल (डिपिपी) ले २८ सिट र साना दलहरू रेइवा सिन्सेंगुमीले ९ सिट जित्दा कम्युनिस्ट पार्टी अफ जापानले आठ सिट जित्यो।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट