logo

२०८३ भाद्र ७ आईतवार

logo
  • २०८३ भाद्र ७ आईतवार
  • कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि सुशासन पटक्कै दिन सकेन : डा.शेखर कोइराला

    955Shares
    कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि सुशासन पटक्कै दिन सकेन : डा.शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि सुशासन पटक्कै दिन नसकेको बताएका छन् ।गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले कांग्रेस–एमाले मिलेर बनेको सरकारले सुशासन कायम गर्न नसकेको  बताए  ।

    नेताहरूले केही सिक्दै सिकेनौंजस्तो भयो, केही न केही त हामीले गर्नुपर्थ्यो नि। आजको दिन पनि हामी सरकारमै छौं, कांग्रेस सरकारमा छ। कांग्रेस र एमाले सरकारमा छौं, सुशासनका लागि काम गर्नुपर्‍यो।’ उनले सुशासन पटक्कै नभएको पनि बताए।

    त्यस्तै उनले आज देशको परिदृष्य हेर्दा भयावहक अवस्थामा रहेको बताए । गिरिजाप्रसाद वितेको १५ वर्ष भइसक्दा पनि उनीबाट कांग्रेसका नेताहरुले पाठ सिक्न नसकेको बताए ।

    कार्यक्रममा सहभागी कांग्रेस नेताहरूले मुलुकको परिवर्तनमा गिरिजाप्रसाद कोइरालाले खेलेको भूमिकाको स्मरण गरेका थिए।



    फास्ट न्युज    
  • २०८१ चैत्र ७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट