काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ । राप्रपाका अधिकांश नेता तथा कार्यकर्ताहरू नेपालको राष्ट्रिय झन्डा बोकेर र्यालीमा सहभागी भएका छन् । बबरमहलदेखि उनीहरू नारायणहिटी दरबार अगाडि जानका लागि हिडेका छन्। उनीहरूले राजा आऊ देश बचाऊ, गणतन्त्र धोका हो, गणतन्त्र गन्हाइसक्योलगायत नारा लगाएर प्रदर्शनमा उत्रिएका छन्।
अध्यक्ष राजेन्द्र लिङदेन राष्ट्रिय झण्डा ठड्याएको मोटरसाइकल आफैंले चलाएर दरवारमार्ग पुगे । मोटरसाइकलको पछाडि उनले एक कार्यकर्तालाई चढाएका थिए । र्यालीमा राप्रपाका अन्य शीर्ष नेता पनि सहभागी छन् ।
राप्रपाले व्यवस्था परिवर्तन गर्नुपर्ने बताउँदै आएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया