logo

२०८२ जेष्ठ ३ शुक्रबार

logo
  • शुक्रबार, ३ जेष्ठ २०८२
  • कोशी प्रदेशमा डेंगु फैलियाे, वैशाख यता एक हजारभन्दा बढी संक्रमित

    कोशी प्रदेशमा डेंगु फैलियाे, वैशाख यता एक हजारभन्दा बढी संक्रमित

    728
    SHARES
    कोशी प्रदेशमा डेंगु फैलियाे, वैशाख यता एक हजारभन्दा बढी संक्रमित

    धनकुटा । कोशी प्रदेशमा डेंगुबाट गत बैशाख यता एक हजार भन्दा बढी संक्रमित भएका छन् । कोशी प्रदेश स्वाथ्य निर्देशनालय धनकुटाका अनुसार प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा बढी मोरङमा ४ सय १२ जनामा डेङ्गी संक्रमण भएको छ ।



    यस्तै सुनसरीमा १ सय ९८, झापामा १ सय ४५, धनकुटामा १ सय १, भोजपुरमा ६६, संखुवासभामा ३६, ओखलढुंगामा ३६, इलाममा १७, उदयपुरमा १६, खोटाङ्गमा ५, पाँचथरमा ४ र तेह्रथुममा २ जनामा डेंगु संक्रमण देखिएको कोशी निर्देशनालयका अधिकृत भरत भण्डारीले जानकारी दिनुभयो । डेंगुबाट झापामा एक जनाको मृत्यू भएको समेत निर्देशनालयले जनाएको छ ।

    प्रदेशका दुई वटा जिल्ला ताप्लेजुङ्ग र सोलुखुम्बुमा भने अहिलेसम्म डेंगु संक्रमित फेला नपरेको जनाइएको छ । केही वर्ष अघिसम्म तराईमा मात्रै देखिने डेंगु अहिले पहाडी तथा हिमाली जिल्लाहरुमा समेत देखिन थालेको छ ।


    फास्ट न्युज
  • मंगलबार, ११ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट