logo

२०८२ माघ ११ आईतवार

logo
  • २०८२ माघ ११ आईतवार
  • कोशी प्रदेशमा डेंगु फैलियाे, वैशाख यता एक हजारभन्दा बढी संक्रमित

    853Shares
    कोशी प्रदेशमा डेंगु फैलियाे, वैशाख यता एक हजारभन्दा बढी संक्रमित

    धनकुटा । कोशी प्रदेशमा डेंगुबाट गत बैशाख यता एक हजार भन्दा बढी संक्रमित भएका छन् । कोशी प्रदेश स्वाथ्य निर्देशनालय धनकुटाका अनुसार प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा बढी मोरङमा ४ सय १२ जनामा डेङ्गी संक्रमण भएको छ ।

    यस्तै सुनसरीमा १ सय ९८, झापामा १ सय ४५, धनकुटामा १ सय १, भोजपुरमा ६६, संखुवासभामा ३६, ओखलढुंगामा ३६, इलाममा १७, उदयपुरमा १६, खोटाङ्गमा ५, पाँचथरमा ४ र तेह्रथुममा २ जनामा डेंगु संक्रमण देखिएको कोशी निर्देशनालयका अधिकृत भरत भण्डारीले जानकारी दिनुभयो । डेंगुबाट झापामा एक जनाको मृत्यू भएको समेत निर्देशनालयले जनाएको छ ।

    प्रदेशका दुई वटा जिल्ला ताप्लेजुङ्ग र सोलुखुम्बुमा भने अहिलेसम्म डेंगु संक्रमित फेला नपरेको जनाइएको छ । केही वर्ष अघिसम्म तराईमा मात्रै देखिने डेंगु अहिले पहाडी तथा हिमाली जिल्लाहरुमा समेत देखिन थालेको छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ११, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट