logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • प्रतिनिधिसभाको बैठक आज पनि, गृहमन्त्री लामिछानेले दल सम्बन्धी विधेयक प्रस्तुत गर्दै

    853Shares
    प्रतिनिधिसभाको बैठक आज पनि, गृहमन्त्री लामिछानेले दल सम्बन्धी विधेयक प्रस्तुत गर्दै

    काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवं मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

    यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ । यसैगरी, सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने छन् ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची रहेको छ । यसपछि सभामुखले धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने छन् ।संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धित समितिको प्रतिवेदन २०८० पेश गर्ने कार्यक्रम छ ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेस गर्ने छन् ।यस्तै, उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेले राजनीतिक दल सम्बन्धी ९दोस्रो संशोधन० विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।



    फास्ट न्युज    
  • २०८१ जेष्ठ ३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार