logo

२०८३ भाद्र २७ शनिबार

logo
  • २०८३ भाद्र २७ शनिबार
  • सउद शकील बने ‘टाइम आउट’ हुने पहिलाे पाकिस्तानी क्रिकेटर

    1KShares
    सउद शकील बने ‘टाइम आउट’ हुने पहिलाे पाकिस्तानी क्रिकेटर

    इस्लामावाद । पाकिस्तानका ब्याटर सउद शकील प्रथम श्रेणी क्रिकेटमा टाइम आउट हुने सातौं खेलाडी बनेका छन् । यस्तै शकील पाकिस्तान क्रिकेट इतिहासमा टाइम आउट हुने पहिलो खेलाडी बनेका छन् ।

    पाकिस्तानको प्रथम श्रेणी घरेलु प्रतियोगिता ‘प्रेसिडेन्ट ट्रफी’ क्रिकेटको फाइनलको दोस्रो दिन स्टेट बैंक अफ पाकिस्तानका टोलीका खेलाडी शकील पाँचौं नम्बरमा ब्याटिङ गर्न जानुपर्ने थियो । तर टोलीले २ बलमा २ विकेट गुमाएपछि शकील तयार थिएनन् । उनी ब्याटिङ गर्न क्रिजमा पुगेपछि पीटीभीका कप्तान बटले अपील गरेपछि अम्पायरले ३ मिनेटभित्र तयार नभएका कारण शकीललाई टाइम आउट दिए ।

    टाइम आउटको पछिल्लो घटना सन् २०२३ को एकदिवसीय विश्वकप क्रिकेटमा भएको थियो । बङ्गलादेशसँगको खेलमा श्रीलङ्काका एन्जेलो म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटमा टाइम आउट हुने पहिलो खेलाडी बनेका थिए ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २२, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट