काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० सिरिजको पहिलो खेल शनिबार हुँदैछ । यो भिडन्त यूएई क्रिकेट मैदानमा हुनेछ । सोमबार मात्र यूएई पुगेको नेपाली टिम अहिले अभ्यासमा व्यस्त रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टिम यूएई पुगेको छ । वेस्ट इन्डिजविरुद्धको यो सिरिज खेल्ने नेपाली टिममा साहब आलम र सन्दीप जोरासमेत समेटिएका छन् । सिरिज जित्ने नेपालको लक्ष्य रहेको कप्तान पौडेलको भनाइ छ । ‘यो सिरिज जित्न हामी यूएई आएका हौँ’, कप्तान पौडेलले भिडियो सन्देशमा भनेका छन् ।
नेपाल र वेस्ट इन्डिजको सिरिज यूएईमा असोज ११, १३ र १४ गते हुन लगेको हो । यो सिरिजको पहिलो खेल शनिबार हुँदैछ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया