logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रा भंग, इन्टरमिलानसँग पराजित

    976Shares
    च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रा भंग, इन्टरमिलानसँग पराजित

    काठमाडौं । विवादास्पद पेनाल्टीका कारण च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

    गएराति भएको खेलमा आर्सनल इन्टर मिलानसँग १–० गोलअन्तरले पराजित भएको हो ।

    पहिलो हाफमा इन्टर मिलानले विवादास्पद पेनाल्टी पाएपछि आर्सनलले सिजनकै पहिलो हार बेहोरेको हो ।

    पहिलो हाफको इन्ज्युरी समयमा हाकान काल्हानोग्लुले पेनाल्टीमा गोल गर्दै इन्टरमिलानलाई जित दिलाए ।

    खेलको दोस्रो हाफमा आर्सनल आक्रमक रूपमा प्रस्तुत भए पनि गोल गर्न असफल भयो ।

    आर्सनलले यो सिजन युरोपमा खेलेका चार खेलमा पहिलोपटक हार भोगेको हो । लिगमा २ खेलमा जित, १ खेलमा बराबरी र १ खेलमा हार भोगेको आर्सनल ७ अंकसहित १२औँ स्थानमा छ ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २२, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट