logo

२०८२ माघ २५ आईतवार

logo
  • २०८२ माघ २५ आईतवार
  • श्रीलंका ‘ए’ सँग तेस्रो अभ्यास खेल खेल्दै नेपाल

    790Shares
    श्रीलंका ‘ए’ सँग तेस्रो अभ्यास खेल खेल्दै नेपाल

    काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी-२० खेल खेल्दै छ । खेल कोल्ट्स मैदानमा दिउँसो हुनेछ । नेपाल यसअघिका दुवै अभ्यास खेलमा पराजित भएको छ । अन्तिम खेलमा नेपाल जितको खोजीमा हुनेछ ।

    पहिलो अभ्यास खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो भने दोस्रो अभ्यास खेलमा ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । श्रीलंका ‘ए’ मा सिनियर टोलीबाट खेलिसकेका खेलाडीहरू पनि छन् । निरोशन डिक्‍वेला, लाहिरु उडारा, सहान अराकिगे, नुवानिदु फर्नान्डो, नुवान थुसाराजस्ता खेलाडीहरू खेलिरहेका छन् ।

    आजको अभ्यास खेलपछि नेपाली टोली भारत जानेछ । भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि तीन अभ्यास टी-२० खेल हुने तालिका छ । टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले फेब्रुअरी ८ मा पहिलो खेल इंग्ल्यान्डसँग खेल्नेछ ।



    फास्ट न्युज    
  • २०८२ माघ १०, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट