logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • वामदेव गौतमको ओभर कन्फिडेन्ट

    859Shares
    वामदेव गौतमको ओभर कन्फिडेन्ट

    काठमाडौं । राष्ट्रिय सभा सदस्य तथा पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न नसकिए आफूलाई मृत्युदण्ड दिइयोस् भन्ने माग गर्नु भएको छ ।

    राष्ट्रिय सभा बैठकमा आइतवार सम्बोधन गर्ने क्रममा राष्ट्रपतिबाट मनोनित भएका सांसद तथा नेकपा एकता अभियानका नेता गौतमले वर्ष तोकेर समाजवाद ल्याउन आफूलाई दाउमा राख्न तयार रहेको बताउनु भयो ।गौतमले , ‘समाजवाद निर्माण गर्नका लागि म आफूलाई दाउमा राख्न चाहान्छु । यदि समाजवाद निर्माण गर्न सकिएन भने मलाई मृत्युदण्ड दिइयोस् । वर्ष तोकेर समाजवाद निर्माण गर्न सकिएन भने मलाई फाँसीमा चढाए हुन्छ ।’गौतमले १० वर्षभित्र नेपाललाई युरोपियन स्तरमा लैजान सकिने दावी समेत गर्नु भयो ।



    फास्ट न्युज    
  • २०८१ माघ २०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट