काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण नीतिगत प्राथमिकताका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै सरोकारवालासँग विस्तृत अन्तरक्रिया गरेका छन्।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा विद्यालयदेखि विश्वविद्यालय तहसम्म मानसिक स्वास्थ्यसम्बन्धी सेवा र कार्यक्रमलाई प्रभावकारी रूपमा संस्थागत गर्ने, विद्यमान चुनौतीहरूको समाधान खोज्ने तथा समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने विषयमा विस्तृत छलफल भएको थियो।
अन्तरक्रियामा प्रतिनिधिसभाका सदस्य, मानसिक रोग विशेषज्ञ, मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत विज्ञ, विद्यार्थी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दो क्रममा रहेकाले शिक्षा प्रणालीमार्फत यसको रोकथाम, समयमै पहिचान, परामर्श सेवा विस्तार तथा प्रभावकारी व्यवस्थापनका लागि स्पष्ट नीति, पर्याप्त बजेट र आवश्यक स्रोतसाधन सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।
मन्त्री पोखरेलले प्राप्त सुझावहरूलाई मन्त्रालयको नीति तथा कार्यक्रम निर्माण प्रक्रियामा समेट्दै शिक्षा क्षेत्रमा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि आवश्यक पहल अघि बढाइने विश्वास व्यक्त गरेका छन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया