logo

२०८२ कार्तिक २६ मंगलबार

logo
  • २०८२ कार्तिक २६
  • साँपले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

    817Shares
    साँपले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

    घोराही । साँपले डस्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छभने एकजनाको अवस्था गम्भीर छ ।

    गए राति सर्पले डस्दा छ वर्षीया इन्दु चौधरीको मृत्यु भएको तथा निजकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले बताउनुभयो ।

    साँपले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उहाँले बताउनुभयो । गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।



    फास्ट न्युज    
  • २०८१ श्रावण ३०, बुधबार ०७:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार