काठमाडौँ ।
यस वर्षको एसईई (SEE) को नतिजामा लाइसियम प्याराडाइज एकेडेमीले उत्कृष्ट सफलता हासिल गरेको छ। विद्यालयले सतप्रतिशत नतिजा ल्याउँदै आफ्नो क्षेत्रमा अग्रणी स्थान बनाएको छ।
काठमाडौंको पेप्सिकोलामा रहेको
यस विद्यालयबाट सहभागी विद्यार्थीहरूमध्ये चार जना विद्यार्थीले ४ जिपिए (4 GPA) प्राप्त गरेका छन् भने अन्य सबै विद्यार्थीहरूले A+ र A ग्रेड ल्याएर सफलतापूर्वक SEE उत्तीर्ण गरेका छन्।
यस उपलब्धिलाई विद्यालयले समग्र रूपमा ठूलो सफलता मानेको छ।
उक्त सफलताको अवसरमा विद्यालयले बधाई तथा शुभकामना कार्यक्रम समेत आयोजना गर्ने जनाएको छ, जहाँ सफल विद्यार्थीहरूलाई सम्मान गरिनेछ। यसै क्रममा विद्यालयका प्रिन्सिपल टंक घिमिरेले भन्नुभयो,
“शिक्षा केवल अंक प्राप्त गर्ने माध्यम मात्र होइन, यो व्यक्तित्व विकास, अनुशासन र जिम्मेवार नागरिक बन्ने आधार पनि हो। हाम्रो विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूलाई भविष्यका चुनौती सामना गर्न सक्षम बनाउने लक्ष्य राखेको छ।”
उहाँले थप्नुभयो,
“विद्यार्थीहरूको यो सफलता शिक्षक, अभिभावक र विद्यालय परिवारको संयुक्त प्रयासको परिणाम हो। आगामी दिनहरूमा अझ उत्कृष्ट नतिजा ल्याउनेतर्फ हामी निरन्तर लागिरहनेछौं।”
विद्यालयका अध्यक्ष इन्दा थापाले खुशी व्यक्त गर्दै भन्नुभयो,
“यो सफलता विद्यार्थी भाईबहिनीहरूको लगनशीलता र शिक्षकहरूको कडा मेहनतको परिणाम हो।”
उहाँले थप्नुभयो, “आजकाल धेरैले शिक्षालाई व्यापारको रूपमा लिन थालेका छन्, तर शिक्षा सेवा हो भन्ने भावना पहिले राख्नु आवश्यक छ।”
विद्यालय प्रशासनका अनुसार A देखि A+ तथा ४ GPA सहितको सतप्रतिशत नतिजाले संस्थाको शैक्षिक गुणस्तरलाई प्रमाणित गरेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया