logo

२०८३ आश्विन १६ शुक्रबार

logo
  • २०८३ आश्विन १६ शुक्रबार
  • केपिलासगढी गाउँपालिका संयोजकमा टपकुमार राई मनोनीत

    835Shares
    केपिलासगढी गाउँपालिका संयोजकमा टपकुमार राई मनोनीत

    खोटाङ । नेपाली कांग्रेस खोटाङ जिल्ला अधिवेशन तयारी समितिले केपिलासगढी गाउँपालिका संयोजकमा टपकुमार राईलाई मनोनयन गरेको छ।
    नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी २०८३ मंसिर २१, २२ र २३ गते काठमाडौंमा सम्पन्न हुने सन्दर्भमा महाधिवेशनको तयारीलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन तथा पार्टी संगठनलाई थप सुदृढ र गतिशील बनाउने उद्देश्यले राईलाई गाउँपालिका संयोजकको जिम्मेवारी प्रदान गरिएको जिल्ला अधिवेशन तयारी समितिले जनाएको छ।
    जिल्ला अधिवेशन तयारी समितिका संयोजक रोजन राईद्वारा जारी पत्रमा पालिका संयोजक राईलाई आफ्नो जिम्मेवारीअन्तर्गत पालिका, वडाका पार्टी नेता, कार्यकर्ता तथा सम्बन्धित तहका समितिहरूसँग आवश्यक समन्वय र सहकार्य गरी महाधिवेशन सफल बनाउन तथा संगठन निर्माण र सुदृढीकरणमा भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।
    पत्रमा महाधिवेशन तयारीसँग सम्बन्धित कार्यलाई व्यवस्थित रूपमा अघि बढाउँदै जिल्ला अधिवेशन तयारी समिति तथा प्रदेश क्षेत्र समिति सँग निरन्तर समन्वय र सम्पर्कमा रही प्राप्त जिम्मेवारी तथा निर्देशनअनुसार कार्य गर्न पनि अनुरोध गरिएको छ।



    फास्ट न्युज    
  • २०८३ आश्विन ११, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट