logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • आज तीनवटा संसदीय समितिको बैठक बस्दै

    877Shares
    आज तीनवटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं । आइतबार संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै छ ।

    जसअनुसार आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक  विहान ११ः३० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि  छलफल गरिनेछ ।

    यसैगरी विधायन व्यवस्थापन समितिको बैठक दिनको १ बजे सिंहदरवारमा बस्दैछ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुदैछ ।

    यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आज बस्दैछ । बैठक बिहानको साढे ११ बजे समिति हलमा बस्दैछ । बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको सम्बन्धमा छलफल गरिनेछ ।



    फास्ट न्युज    
  • २०८१ माघ १३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार