logo

२०८३ श्रावण ३ आईतवार

logo
  • २०८३ श्रावण ३ आईतवार
  • देउवाका छोरा जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागले बयानका लागि बोलायो

    820Shares
    देउवाका छोरा जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागले बयानका लागि बोलायो

    काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई अनुसन्धानका क्रममा आवश्यक बुझाइका लागि उपस्थित हुन सूचना जारी गर्दै बोलाएको छ । व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालसँग  कारोबार गरेको देखिएपछि विभागले जयविरलाई पनि बयानका लागि बोलाएको बुझिएको छ ।

    सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका सिलसिलामा केही विषयमा जानकारी लिनुपर्ने भएकाले विभागले सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र ललितपुर पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयको बी ब्लकमा रहेको विभागको कार्यालयमा उपस्थित हुन भनिएको छ ।

    सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम जारी गरिएको उक्त सूचनामा तोकिएको अवधिभित्र उपस्थित नभए प्रचलित कानुनबमोजिम प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।

    विभागद्वारा जारी सूचनामा प्रसाद सिंह देउवाका नाति तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवा (उमेर करिब ३१ वर्ष) लाई उपस्थित हुन भनिएको छ । सूचनाअनुसार देउवा डडेलधुरा जिल्ला, साविक आसिग्राम गाविस–५ का स्थायी बासिन्दा भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२ मा बसोबास गर्दै आएका छन्।



    फास्ट न्युज    
  • २०८३ असार २३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट