logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • सेयर बजार १६.९५ अंकले घट्यो

    1KShares
    सेयर बजार १६.९५ अंकले घट्यो

     काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार मंगलबार घटेको छ । अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से १६.९५ अंक घटेको हो । सो गिरावटपछि नेप्से २६७६ अंकमा झरेको छ ।

    यस दिन ४२ कम्पनीको सेयर मूल्य बढेको छ । २०१ कम्पनीको सेयर मूल्य घटेको छ ।

    बजार घट्दा गार्डियन माइक्रो फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गार्डियनको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता दुई हजार ५७९ रुपैयाँ पुगेको छ ।

    आज गुराँस लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै साढे ५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अस्ति आइतवार ७ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ३ सय २० वटा कम्पनीका १ करोड ६ लाख कित्ता शेयर ५ अर्ब ७९ करोड रुपैयाँमा किनबेच भएको छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट