logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडक दुईतर्फी खुल्यो

    1.1KShares
    पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडक दुईतर्फी खुल्यो

    काठमाडौं । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुलेको छ । चितवनको इच्छाकामना–५ तुइन खोला नजिकै हिजो बेलुका पहिरो खस्दा गाडीको आवागमन दुईतर्फी नै अवरुद्ध भएको थियो ।

    पहिरो पन्छाएर गएराति एकतर्फी खुलेको सडक बिहान सवा ८ बजेदेखि दुईतर्फी नै खुलेको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । पानी परिरहेको र ढुङ्गा खस्ने क्रम नरोकिएकोले यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरिएको छ ।

    गएरातिदेखि सडकमा रोकिएका गाडीहरुलाई आफ्नो लेन अनुशासनमा रहेर चलाउन सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध समेत गरेको छ ।



    फास्ट न्युज    
  • २०८२ आश्विन १, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट