logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • दिनभरको उतारचढावबीच शेयर बजार परिसूचक नेप्से सामान्य बढ्यो

    दिनभरको उतारचढावबीच शेयर बजार परिसूचक नेप्से सामान्य बढ्यो

    442
    SHARES
    दिनभरको उतारचढावबीच शेयर बजार परिसूचक नेप्से सामान्य बढ्यो

    काठमाडौं । शेयर बजार बुधबार समान्य बढेको छ । दिनभरको उतारचढावबीच शेयर बजार परिसूचक नेप्से दुई दशमलव ११ अङ्कले बढेर दुई हजार नौ सय ६८ दशमलव ४४ विन्दुमा पुगेको छ । आज बजार खुलेको ४ मिनेटमै नेप्से तीन हजार दुई विन्दुमा पुगे पनि बन्द हुने बेलामा टिक्न सकेन ।



    बुधबार बैंकिङ, विकास बैंक, फाइनान्स, लगानी र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, व्यापार, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    बुधबार कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दोल्ती पावर कम्पनी र मल्टिपर्पोज फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन कर्णाली विकास बैंक समूहको शेयर भने १० प्रतिशतले घटेको छ ।

    बुधबार कारोबार रकम भने घटेको छ । गएको आइतवार झन्डै २९ अर्ब रुपैयाँ बराबरको कारोबार भएकोमा आज तीन सय ३७ वटा कम्पनीका चार करोड १४ लाख कित्ता शेयर १८ अर्ब ९० करोड रुपैयाँको शेयर किनबेच भयो ।


    फास्ट न्युज
  • बुधबार, ५ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट