logo

२०८३ असार १० बुधबार

logo
  • २०८३ असार १० बुधबार
  • नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित

    739Shares
    नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित

    काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से १४.४५ अंकले घटेर २६६०.०२ विन्दुमा पुगेर बन्द भएको हो ।

    आज ३३८ कम्पनीका १ करोड ७ लाख ७७ हजार ५८२ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार ४८६ रुपैयाँ पुगेको छ ।

    कारोबारमा फाइनान्स र ट्रेडिङ समूह बाहेक सबै उपसूचक ओरालो लागेका छन् ।

    आज टक्सार पिखुवा खोला हाइड्रो र याम्बालिङ हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, भुजुङ हाइड्रोको शेयर मूल्य १४.६९ प्रतिशतले वृद्धि भएको छ ।

    त्यसैगरी, आज सबैभन्दा बढी गिरावट सोपान फार्माको शेयरमा देखिएको छ । कम्पनीको शेयर मूल्य ५.०५ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा अन्खु खोला जलविद्युत अग्रस्थानमा रहेको छ । कम्पनीको २९ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, सोपान फार्माको १७ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।



    फास्ट न्युज    
  • २०८३ असार १०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट