logo

२०८१ मंसिर २९ शनिबार

logo
  • शनिबार, २९ मंसिर २०८१
  • साढे ३४ अङ्कले घटेर नेप्से ३ हजार विन्दुभन्दा तल, झन्डै २९ अर्ब रुपैयाँको कारोबार

    साढे ३४ अङ्कले घटेर नेप्से ३ हजार विन्दुभन्दा तल, झन्डै २९ अर्ब रुपैयाँको कारोबार

    546
    SHARES
    साढे ३४ अङ्कले घटेर नेप्से ३ हजार विन्दुभन्दा तल, झन्डै २९ अर्ब रुपैयाँको कारोबार

    काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार साढे ३४ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ४७ अङ्कले घटेर दुई हजार नौ सय ६६ दशमलव ३३ विन्दुमा झरेको छ ।



    आज नेप्से परिसूचक २ हजार ९६६ दशमलव ३३ विन्दुमा झरेको हो । यस दिन नेप्से इन्ट्राडेमा ३ हजार ४८ दशमलव १५ विन्दुसम्म पुगेको थियो । बढेको बजारमा कारोबारीहरूले प्रोफिट गरेसँगै आइतवार बजार घटेको देखियो । यसभन्दा अगाडि नेप्से दुई कारोबार दिनमा ७७ दशलमव ३४ अंक बढेको थियो ।

    ४७ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो । बैंकिङ ०.८४ तथा निर्जीवन बीमा ०.४६ प्रतिशत बढे । विकास बैंक २.२५, फाइनान्स २.७९, होटल तथा पर्यटन ४.४९, हाइड्रोपावर ३.७४, उत्पादन २.५८, माइक्रोफाइनान्स ०.३१, अन्य ३ र व्यापार समूह १.३२ प्रतिशत घटे ।

    आज ५ वटा कम्पनीको सेयरमूल्यमा माथिल्लो सर्किट लागेको छ। नेपाल फाइनान्सका सेयरधनीले सर्वाधिक गुमाएका छन्। यो कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ।

    आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको मात्रै ८२ करोड १४ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ।

     


    फास्ट न्युज
  • आइतबार, २ भाद्र २०८१
  • सम्बन्धित समाचार