logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • बहुर्राष्ट्रिय कम्पनीको ट्रेडमार्क चोर्ने ११ नेपाली कम्पनीलाई कारबाही गर्ने तयारी

    916Shares
    बहुर्राष्ट्रिय कम्पनीको ट्रेडमार्क चोर्ने ११ नेपाली कम्पनीलाई कारबाही गर्ने तयारी

    काठमाडौं । बहुर्राष्ट्रिय कम्पनीहरूको ट्रेडमार्क नक्कल गरेको आरोपमा ११ नेपाली कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ। द कोका–कोला कम्पनी, जुम कम्युनिकेसन्स र ह्युगो बोस लगायतका अन्तर्राष्ट्रिय ब्रान्डका लोगो तथा लेबल दुरुपयोग गरिएको भन्दै सम्बन्धित कम्पनीहरूले उजुरी दिएका हुन्।

    सम्बन्धित विभागले सूचना जारी गर्दै ती कम्पनीहरूलाई ७ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। विभिन्न मितिमा दर्ता भएका उजुरीका आधारमा विभागले कम्पनीहरूको नाम र ठेगानामा पत्र पठाई लिखित जवाफ मागेको थियो।

    तर, अहिलेसम्म कुनै पनि कम्पनीबाट लिखित प्रतिक्रिया प्राप्त नभएको र म्याद तामेलीसम्बन्धी प्रतिवेदनसमेत नआएको विभागले जनाएको छ। त्यसैले पुनः सूचना प्रकाशित गरी प्रमाणसहित ७ दिनभित्र जवाफ पेश गर्न भनिएको छ। तोकिएको समयसीमाभित्र प्रतिक्रिया नआए कानुनी कारबाही अगाडि बढाइने विभागले स्पष्ट पारेको छ।

    सूचनाअनुसार टर्नर इन्टरटेनमेन्टले चितवनको नौलो फुड्स इन्डस्ट्रिज र भक्तपुरको पवित्रा लक्ष्मी फुड प्रोडक्ट्सविरुद्ध उजुरी दिएको छ। त्यस्तै इनर्जी ब्रान्ड्स इन्कले रुपन्देहीको अक्वा नेपाल बिस्लेरी र काठमाडौंको मनोहरा फुड एन्ड बेभरेजविरुद्ध उजुरी दर्ता गरेको छ।

    यसैगरी ट्रेक बाइसाइकल कर्पोरेसनले पर्साको टर्बो ट्रेकविरुद्ध, द कोका–कोला कम्पनीले सुनसरीका दुई उद्योगविरुद्ध, ह्युगो बोसले झापाको इम्यानर फेसनवेयर इन्डस्ट्रिजविरुद्ध उजुरी दिएको छ। त्यस्तै जुम कम्युनिकेसन्सले झापाकै कभिस मार्केटिङ्ग प्रालिविरुद्ध र काठमाडौं लिमिटेडले काठमाडौंको ओम मंगलकाली टेक्सटाइल उद्योगविरुद्ध ट्रेडमार्क दुरुपयोगको मुद्दा दर्ता गराएका छन्।

    उजुरीमा बहुर्राष्ट्रिय ब्रान्डहरूको नाम र चिन्ह नक्कल गरी नक्कली उत्पादन बिक्री गरिएको आरोप लगाइएको छ। विभागले पटक–पटक सूचना जारी गर्दा पनि सम्बन्धित कम्पनीहरूले बेवास्ता गर्दै आएको बताइएको छ।



    फास्ट न्युज    
  • २०८२ चैत्र ४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट