काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियालाई माओवादीलाई सिध्याउने हतियार बनाईएको बताएका छन् ।
बुधबार ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ कार्यक्रममा बोल्दै उनले राजनीतिक कारणले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन कठिन भएको भन्दै नेकपा एमालेले टुंगिन लागेका बेला गएर रोक्ने गरेको आरोप लगाए ।
सडकबाट दवाव भएर अवपनि शान्ति प्रक्रिया नटुंग्याए समस्या हुन्छ भन्ने नपारे अवको १८ बर्षसम्मपनि शान्ति प्रक्रिया टुंगन नसक्ने खतरा देखिएको प्रचण्डले बताए।
उहाले एकतावद्ध भएर शान्तिपूर्ण ढंगलले राजनीतिक नेतृत्वलाई दवाब बनाइराख्नुपर्ने अवस्था देखिएको बताए।उनले भने, ‘यसको समाधान पीडितहरुले बेलाबेलामा यो कुरा उठाईराख्नु, जरुरी पर्दा सडकमा पनि जाने तयारी गर्नु किनकी अन्तिममा सडक नै हुने हो कि जस्तो मलाई लागेको छ । यो विषय कानुनी भन्दा पनि बढि राजनैतिक नै छ । पीडितहरु एकतावद्ध भएर राज्यलाई र राजनीतिक नेतृत्वलाई अब त नसोच बर्बाद हुने भयो भन्ने ठाउँमा नपु¥याएसम्म यो अर्को १८ वर्ष जान नि बेर छैन् ।’