logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • थुनामा पठाउने बुटवल इजलासको आदेशविरुद्ध सर्वोच्च पुगे रवि

    958Shares
    थुनामा पठाउने बुटवल इजलासको आदेशविरुद्ध सर्वोच्च पुगे रवि

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर,बुटवल इजलासको आदेशविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । लामिछानेकोतर्फबाट श्रीमती निकिता आफैं उपस्थित भएर कानुन व्यवसायीमार्फत् शुक्रबार सर्वोच्चमा निवेदन दर्ता गराएकी हुन् ।

    बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध लामिछानेले फौजदारी कार्यविधि संहिताको दफा ७३ बमोजिम सर्वोच्च अदालतमा निवेदन दिएको उनका कानुनी व्यवसायी अधिवक्ता डा. नारायणदत्त कँडेलले जानकारी दिए ।

    सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसँग १ करोड धरौटी रकम मागेको थियो । उक्त धरौटी बुझाएर छुटेका रविले साधारण तारेखमा छाड्न मागसहित पुनरावेदन हालेका थिए । उता सरकारी वकिलको कार्यालयले पनि धरौटीमा रिहा गर्ने आदेशविरुद्ध उच्चमा निवेदन दिएको थियो । सरकारी वकिलको निवेदनअनुसार उच्चले आदेश दिएपछि रवि थुनामा गएका हुन्।

    दुवै निवेदनमाथि सुनुवाइपछि उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । त्यही आदेशअनुसार रवि अहिले भैरहवा कारागारको ४ नम्बर ब्लकमा छन् ।



    फास्ट न्युज    
  • २०८१ चैत्र २९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट