logo

२०८३ आश्विन २४ शनिबार

logo
  • २०८३ आश्विन २४ शनिबार
  • दक्षिण सुडान र इराकमा तैनाथ नेपाली शान्ति सैनिक अदलीबदली

    1KShares
    दक्षिण सुडान र इराकमा तैनाथ नेपाली शान्ति सैनिक अदलीबदली

    काठमाडौँ । दक्षिण सुडान र इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ । सुडानमा कार्यरत अरिदमन गण (शान्ति सेना) दशौँ डफ्फालाई बदली गर्नको लागि चण्डीप्रसाद गण (शान्ति सेना) ११ औँ डफ्फाका २१३ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली प्रमुख सेनानी मनोज कार्कीको नेतृत्वमा मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।

    मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दशौँ डफ्फामा कार्यरत २१२ जना शान्ति सैनिकहरू सेनानी खिम बहादुर अधिकारीको नेतृत्वमा माघ १० गते नै स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा नेपाली सेनाबाट सेक्टर कमाण्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र दुईवटा गण तथा एउटा गुल्म गरी कुल १७५४ जना शान्ति सैनिकहरू कार्यरत छन् ।

    त्यस्तै, इराकमा तैनाथ नेपाली शान्ति सैनिकको टोलीलाई बदली गर्न प्रमुख सेनानी हिमालय थापाको नेतृत्वमा २१ जना नेपाली शान्ति सैनिकहरू मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।

    उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी २१ जना नेपाली शान्ति सैनिकहरू स्वदेश फिर्ता भएसँगै नयाँ टोली गएको हो । हाल उक्त मिसनमा ८८ जना नेपाली शान्ति सैनिकहरू कार्यरत रहेको सेनाले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ ११, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट