logo

२०८३ असार २ मंगलवार

logo
  • २०८३ असार २ मंगलवार
  • आज पनि रास्वपा सभापति लामिछानेको बयान हुदैँ

    946Shares
    आज पनि रास्वपा सभापति लामिछानेको बयान हुदैँ

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि हुने भएको छ ।

    सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति लामिछानेको बयान हिजो सुरु भएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको बयान २ घण्टासम्म चलेको थियो ।

    मंगलबार अबेर गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग बयान लिन सुरु भएको थियो । जसका कारण अदालतमा लगिए पनि उनको बयान हुन सकेको थिएन । सोही बीच उनीलाई सांसद पदबाट पनि निलम्बन गरिएको छ ।

    कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।

    सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । सोही अभियोगमा ५ जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ ।

    लामिछानेविरुद्ध भने सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ ।



    फास्ट न्युज    
  • २०८१ पुष १२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट