logo

२०८२ असार ५ बिहिबार

logo
  • बिहिबार, ५ असार २०८२
  • परराष्ट्रमन्त्री राणा आज भारत भ्रमणमा जाँदै

    709Shares
    परराष्ट्रमन्त्री राणा आज भारत भ्रमणमा जाँदै

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज आइतबार पाँच दिने भारत भ्रमणमा जाने भएकी छन् । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री देउवाले आज २ देखि ६ भदौसम्म भारत भ्रमण गर्ने जानकारी गराएको हो ।

    भ्रमणका क्रममा मन्त्री राणाले भारतीय विदेशमन्त्री यस जयशंकरसँग भेटवार्ता गर्ने र दुई देशीय सम्बन्धका बारेमा छलफल गर्ने बताइएको छ । दुई देशबीचमा नियमित रुपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवम् प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ ।

    साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्री राणाको भारत भ्रमणको कार्यतालिका स्वीकृत गरेको थियो ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २, आईतवार ०१:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार