logo

२०८३ जेष्ठ २७ बुधबार

logo
  • २०८३ जेष्ठ २७ बुधबार
  • धनगढीमा महेश बस्नेतविरुद्ध प्रदर्शन गरिरहेका जेन-जीमाथि युवा संघको आक्रमण

    979Shares
    धनगढीमा महेश बस्नेतविरुद्ध प्रदर्शन गरिरहेका जेन-जीमाथि युवा संघको आक्रमण

    काठमाडौँ  धनगढीमा एमाले नेता महेश बस्नेतविरुद्ध विरोध प्रदर्शन गरिरहेका जेन–जीमाथि आक्रमण भएको छ । बस्नेतलाई धनगढी विमानस्थलमा स्वागत गरेर कार्यक्रमस्थलमा लैजाने क्रममा जेन–जी मार्गनजिक युवाहरूले प्रदर्शन गरिरहेका थिए ।

    नेता बस्नेतलाई युवासंघका युवाहरूले धनगढी विमानस्थलबाट मोटरसाइकलमा स्कटिङ गरेर लैजाने क्रममा जेनजी चोकमा नाराबाजी गरिरहेका जेनजी युवासँग झडप भएको हो । बस्नेत युवा संघको राष्ट्रिय जागरण भेलालाई सम्बोधन गर्न धनगढी आएका हुन् । जेन–जीहरूले धनगढीमा आज बिहानैदेखि प्रदर्शन गरिरहेका थिए । उनीहरूले ‘किलरहरू नट अलाउड’लगायतका नाराबाजी गरिरहेका थिए ।

    यसअघि पनि ४ मंसिरमा बस्नेत बाराको परवानीपुर आउने खबर पाएपछि जेनजी युवाहरुले प्रदर्शन गरेका थिए। जसका कारण दुई दिनसम्म बाराको सिमरा अशान्त बनेको थियो ।

    प्रदर्शनस्थलमा जेन–जी प्रदर्शनकारीभन्दा सुरक्षाकर्मीको संख्या बढी थियो । तर, प्रहरीको सुरक्षा घेरा तोड्दै जेन–जीमाथि आक्रमण भएको हो ।



    फास्ट न्युज    
  • २०८२ मंसिर १०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट