सुर्खेत । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।
आइतबार दिउँसो पलाँता गाउँपालिका-३ को राहुनेटा भन्ने ठाउँमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका १३ जनालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लैजाने तयारी भएको छ । उनीहरुलाई लिन नेपाली सेनाको हेलिकप्टर गएकाे छ । थप विवरण प्राप्त हुन बाँकी रहेकाे छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया