logo

२०८३ जेष्ठ ३१ आईतवार

logo
  • २०८३ जेष्ठ ३१ आईतवार
  • काठमाडौं महानगरवासीका लागि नगर अस्पताल स्थापनाको घोषणा

    736Shares
    काठमाडौं महानगरवासीका लागि नगर अस्पताल स्थापनाको घोषणा

    काठमाडौं–काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको घोषणा गरेको छ । आइतबार महानगरको नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै कार्यवाहक मेयर सुनिता डंगोलले नगर अस्पताल स्थापनाको घोषणा गरेकी हुन् ।

    महानगरले नगरभित्रका स्वास्थ्य सेवामा विपन्न र असहायका लागि १० प्रतिशत उपचार गर्ने कुरालाई कडाइका साथ कार्यान्वयन गर्ने पनि डंगोलले घोषणा गरिन् । बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने समेत उनले घोषणा गरिन् ।
    काठमाडौंमा प्रदूषण नियन्त्रण कम गर्ने तथा प्लास्टिकका झोलालाई कम गर्दै जाने रणनीति बनाउने पनि उनले घोषणा गरिन् ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ ३१, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट