logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • पर्वतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ जना घाइते

    985Shares
    पर्वतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ जना घाइते

    पर्वत । पर्वतको बिहादी गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अरू सात जना घाइते भएका छन् ।

    गुल्मीको कालीगण्डकी गाउँपालिकामा रहेको पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ गुडिरहेको लु १ ज ४४६० नम्बरको जीप बिहादी–६ लिदीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनामा बिहादी–३ रानीपानीका ६१ वर्षीय मीनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाटकी ६४ वर्षीया डिलकुमारी भट्टचनको ज्यान गएको कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिनुभयो ।

    दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि पाल्पा लगिएको छ भने एक बालक सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट