logo

२०८३ श्रावण ११ सोमबार

logo
  • २०८३ श्रावण ११ सोमबार
  • पहिरोमा परेर जाजरकोटका वडा सदस्य र उनका श्रीमानको मृत्यु

    919Shares
    पहिरोमा परेर जाजरकोटका वडा सदस्य र उनका श्रीमानको मृत्यु

      जाजरकोट । जाजरकोटमा पहिरो जाँदा घरसँगै पुरिएका श्रीमान श्रीमतीको मृत्यु भएको छ।आइतबार बिहान २स्५० बजे जाजरकोटको बारेकोट गाउँपालिका ६ तल्लो धुममा मानबहादुर चलाउनेको घर पहिरोले पुरिएको थियो।सूचनापछि पुगेको प्रहरी टोली र स्थानीयले चलाउने र उनकी श्रीमती ३८ वर्षीया प्रेमकुमारी चलाउनेलाई मृत अवस्थामा पहिरोबाट निकालेको जाजरकोटका डिएसपी पुरूषोत्तम प्रसाद पाण्डेले जानकारी दिए।

    प्रेमकुमारी वडासदस्य समेत हुन्।शनिबार बेलुकादेखिको वर्षाका कारण आएको पहिरोले चार जना सुतिरहेको घर पुरेको थियो। पहिरोले घर पुर्न थालेपछि मानबहादुरका दाइकी छोरी १६ वर्षीया विमला चलाउने भने सकुशल घरबाट निस्कन सफल भएकी थिइन्।मानबहादुर र प्रेमकुमारीकी ११ वर्षीया छोरी सम्झना चलाउनेलाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको छ।

     



    फास्ट न्युज    
  • २०८१ भाद्र २३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट