logo

२०८२ कार्तिक २६ मंगलबार

logo
  • २०८२ कार्तिक २६
  • टिकटक आलोचना गरिएका सामग्री लुकाउने गरेको खुलासा

    805Shares
    टिकटक आलोचना गरिएका सामग्री लुकाउने गरेको खुलासा

    काठमाडौं। अमेरिकी शोधकर्ताले गरेको अनुसन्धानका क्रममा टिकटकले आलोचना गरिएका कन्टेन्टको पहुँच सीमित पार्ने गरेको पाइएको छ । अमेरिकाको रुटगर्स विश्वविद्यालय र नेटवर्क कन्टेजन रिसर्च इन्स्टिच्युटले गरेको संयुक्त अनुसन्धानमा चिनियाँ सामाजिक सञ्जाल टिकटकले कम्युनिष्ट पार्टीको आलोचना गरिएका सामग्री लुकाउने गरेको पाइएको हो ।

    उक्त अनुसन्धानका क्रममा टिकटकको अल्गोरिदमले चिनियाँ कम्युनिष्ट पार्टीको आलोचना गरिएका सामग्री लुकाउने गरेको र पार्टीको पक्षमा पोस्ट गरिएका सामग्री भने अझ बढावा दिने गरेको खुलेको हो ।

    टिकटकले ट्राभल इन्फ्लुएन्सर, लाइफस्टाइल अकाउन्टजस्ता क्रिएटरका माध्यमबाट मानवअधिकार उल्लङ्घन, जातीय नरसंहारजस्ता मुद्दालाई दबाउने गरेको उक्त शोधमा जनाइएको छ । पछिल्लो समय टिकटकका कारण राष्ट्रिय सुरक्षामा चुनौति थपिएको चर्चाबीच पछिल्लो प्रतिवेदन सार्वजनिक भएको हो ।



    फास्ट न्युज    
  • २०८१ भाद्र १९, बुधबार ०५:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार