logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • आज एमाले पोलिटब्युरोको बैठकः वार्षिक कार्ययोजनाबारे छलफल

    829Shares
    आज एमाले पोलिटब्युरोको बैठकः वार्षिक कार्ययोजनाबारे छलफल

    काठमाडौं। सत्तारुढ नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको छ ।

    बैठकमा पार्टीको वार्षिक कार्ययोजना, समसामयिक राजनीतिक परिस्थिति, सरकारको समीक्षालगायत विषयमा छलफल हुनेछ ।भोलिसम्म चल्ने बैठकमा केन्द्रीय सचिवालयले तयार पारेको २०८४ सालसम्मको पार्टी कार्ययोजनाबारे विस्तृत छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

    उनका अनुसार कार्ययोजनामा बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन, सदस्यता र सङ्गठन विस्तार अभियान समेटिएका छन् । एमालेले यसअघि केन्द्रीय कमिटी बैठकबाट २०८१ भरि सङ्गठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरिसकेको छ।



    फास्ट न्युज    
  • २०८१ भाद्र १८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार