काठमाडौं। सत्तारुढ नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको छ ।
बैठकमा पार्टीको वार्षिक कार्ययोजना, समसामयिक राजनीतिक परिस्थिति, सरकारको समीक्षालगायत विषयमा छलफल हुनेछ ।भोलिसम्म चल्ने बैठकमा केन्द्रीय सचिवालयले तयार पारेको २०८४ सालसम्मको पार्टी कार्ययोजनाबारे विस्तृत छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार कार्ययोजनामा बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन, सदस्यता र सङ्गठन विस्तार अभियान समेटिएका छन् । एमालेले यसअघि केन्द्रीय कमिटी बैठकबाट २०८१ भरि सङ्गठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरिसकेको छ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd