logo

२०८३ असार १५ सोमबार

logo
  • २०८३ असार १५ सोमबार
  • सांसद थप जिम्मेवार र अध्ययनशील बन्नुपर्छ : सभामुख अर्याल

    820Shares
    सांसद थप जिम्मेवार र अध्ययनशील बन्नुपर्छ : सभामुख अर्याल

    काठमाडौँ| डोलप्रसाद अर्याल ले सांसदका काम, व्यवहार र शैलीलाई जनताले विभिन्न माध्यमबाट निरन्तर नियालिरहेको उल्लेख गर्दै सबै सांसद आफ्नो जिम्मेवारीप्रति थप सचेत र उत्तरदायी बन्नुपर्ने बताउनुभएको छ।

    सङ्घीय संसद् सचिवालय ले आज काठमाडौँमा प्रतिनिधिसभाका सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले कानुन निर्माण प्रक्रियामा विगतका सकारात्मक अभ्यासबाट सिक्नुपर्ने तथा सांसदहरू अध्ययनशील र प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभयो।

    उहाँले प्रतिनिधिसभामा धेरै नयाँ अनुहार रहेको उल्लेख गर्दै संसदीय प्रक्रिया र विधिबारे थप जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। “संसदीय प्रक्रिया र विधिमा दक्ष बन्न यो सिकाइ उपलब्धिमूलक हुने विश्वास लिएको छु,” उहाँले भन्नुभयो।

    सभामुख अर्यालले जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजी सीमाबाट सार्वजनिक दायित्वमा रूपान्तरण हुने भएकाले सोहीअनुसार जिम्मेवार र अनुशासित बन्नुपर्ने धारणा राख्नुभयो।

    कार्यक्रममा सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेय ले स्वागत मन्तव्य राख्दै सांसदहरूलाई संसदीय प्रक्रिया, अभ्यास र विधिबारे थप जानकारी दिने उद्देश्यले दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

    संसदीय प्रक्रिया र अभ्याससम्बन्धी उक्त कार्यक्रम सिंहदरबार स्थित संसद् भवन परिसरमा सोमबार र मङ्गलबार सञ्चालन हुने सचिवालयले जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ असार १५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट