logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • विश्व व्यापार प्रणाली अझ स्थिर र सबल हुनुपर्छ : डब्ल्यूटीओ प्रमुख

    994Shares
    विश्व व्यापार प्रणाली अझ स्थिर र सबल हुनुपर्छ : डब्ल्यूटीओ प्रमुख

    ब्लेड, स्लोभेनिया । विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महासचिव डा. ङ्गोजी ओकोंजो–इवेलाले विश्व व्यापार प्रणालीलाई अझ सबल र दीर्घकालीन स्थिरता प्रदान गर्न आवश्यक रहेको बताएका छन् । यो कुरा उनले स्लोभेनियामा आयोजित ब्लेड रणनीतिक मञ्चमा सोमबार व्यक्त गरेका हुन् ।

    उनले विश्व व्यापार प्रणाली अहिले स्थिरताको अवस्थामै भए तापनि अस्थिर सन्तुलनमा रहेको उल्लेख गरे । महासचिवले युरोपेली सङ्घलाई अन्तर्राष्ट्रिय व्यापार सुधारमा अग्रणी भूमिका खेल्न आग्रह गर्दै बहुपक्षीय व्यापार प्रणालीले विश्वभरका जनताका लागि रोजगारी र समृद्धि प्रदान गरेको बताए ।

    त्यसै क्रममा, युरोपेली आयोगका अन्तर्राष्ट्रिय साझेदारी आयुक्त जोजेफ सिकेलाले युरोपको तेस्रो मुलुकहरूसँगको व्यापार, उत्पादन र लगानी सम्बन्धहरू भविष्यको आर्थिक वृद्धिका लागि अत्यन्त महत्वपूर्ण हुने बताए ।

    स्लोभेनियाको अर्थ मन्त्रालयका राज्य सचिव मातेभ्ज फ्राङेजले डब्ल्यूटीओका मूल सिद्धान्तहरूलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए । साथै उनले हालै सम्पन्न युरोप र अमेरिकाबीचको व्यापार सम्झौतालाई अन्यायपूर्ण र असन्तुलित रहेको टिप्पणी गरे । रासस/सिन्ह्वा



    फास्ट न्युज    
  • २०८२ भाद्र १८, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट