logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • मेलमिलाप दिवसको सन्देश दिँदै कोइरालाले भने- पार्टीभित्रको विवाद समाप्त पारेर निर्वाचनमा जाऔं

    928Shares
    मेलमिलाप दिवसको  सन्देश दिँदै कोइरालाले भने- पार्टीभित्रको विवाद समाप्त पारेर निर्वाचनमा जाऔं

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी भित्रको विवाद समाप्त पारेर निर्वाचनमा होमिनु पर्ने बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सन्देश जारी गर्दै नेता कोइरालाले भावी पुस्तालाई समृद्ध नेपाल हस्तान्तरण गर्न सबै प्रकारका मतभिन्नता र व्यक्तिगत महत्वाकांक्षा समाप्प पारेर निर्वाचनमा जानु पर्ने बताएका हुन् ।

    उनले भनेका छन्, ‘जसरी विपीले सम्भावित व्यक्तिगत खतरा र राष्ट्रको अस्तित्वको खतरासामु नगन्य भन्ठानेर ऐतिहासिक निर्णय लिएर प्रवासवाट स्वदेश फर्कनु भएको थियो, आज लोकतन्त्रको रक्षार्थ र भावी युवा पुस्तालाई शान्ति र समृद्धीको गोरेटो कोरेको नेपाल हस्तान्तरण गर्न हामीले हाम्रा अप्रिय विवाद, मतभिन्नता र व्यक्तिगत महत्वाकांक्षालाई समाप्त गरेर भावी राष्ट्रिय निर्वाचनमा होमीनुको विकल्प छैन ।’

    उनले आज पाँच दशकपछि फेरि बिपीको विचारलाई एकपटक मन, वचन र कर्मले मनन गर्नुपर्ने अवस्था आएको बताउँदै कांग्रेसमात्र नभई सम्पूर्ण नेपालीहरुको जागरुक सतर्कतासहित ऐक्यवद्धताको खाँचो रहेको बताएका छन् ।



    फास्ट न्युज    
  • २०८२ पुष १६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट