logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • सरकारले पेट्रोल, डिजेल र मटीतेलको मूल्य बढायो, लिटरको कति ?

    1.1KShares
    सरकारले पेट्रोल, डिजेल र मटीतेलको मूल्य बढायो, लिटरको कति ?

    काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मटीतेलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मटीतेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि भएको छ ।

    इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा २ रुपैयाँ २४ पैसा र डिजेलमा ३ रुपैयाँ ५५ पैसा बढेर आएको निगमले जनाएको छ ।

    मूल्य वृद्धिसँगै प्रति लिटर १६० रुपैयाँ ५० पैसा (पहिलो वर्ग) पर्ने पेट्रोलको मूल्य १६२ रुपैयाँ ५० पैसा पुगेको छ भने प्रतिलिटर १५० रुपैयाँ ५० पैसा (पहिलो वर्ग) पर्ने डिजेल र मटीतेलको मूल्य १५३ रुपैयाँ ५० पैसा पुगेको छ । निगम सञ्चालक समितिको निर्णयानुसार पेट्रोल, डिजेल र मटीतेलको मूल्य बुधबार राति १२ बजेपछि लागु हुनेछ ।



    फास्ट न्युज    
  • २०८१ माघ २, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट