किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव गरेका छन्। युरोपमा जारी युद्धतर्फ अमेरिकाको ध्यान पुनः केन्द्रित नभएसम्म ‘हात बाँधेर पर्खिरहनु गलत हुने’ उल्लेख गर्दै जेलेन्स्कीले युक्रेन र रुसबीचको प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव भएको बताएका हुन्। उनले प्रस्तावित वार्ता नसकिएसम्म पूर्ण युद्धविरामको आह्वान समेत गरेका छन्। यता रुसी राष्ट्रपति पुटिनले भने यसअघि नै युद्धविरामको सम्भावनालाई अस्वीकार गरिसकेका छन्।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई नेताबीच भेटवार्ता हुनु ‘उत्कृष्ट’ हुने प्रतिक्रिया दिएका छन्। क्रेमलिनले जेलेन्स्कीको पत्र प्राप्त भएको पुष्टि गर्दै यसबारे पुटिनलाई जानकारी गराइने जनाएको छ। जेलेन्स्कीको पत्रको शैली केही आक्रामक र व्यङ्ग्यात्मक समेत देखिएको छ। हालैका दिनमा रुसी भूमिमा युक्रेनले गरेका आक्रमणलाई स्मरण गराउँदै उनले पत्रमा लेखेका छन्, “२६ वर्षसम्म सत्तामा रहँदा पुटिनमाथि उमेरको असर देखिन थालेको छ।”
युक्रेनी राष्ट्रपतिको यो प्रस्ताव नयाँ भने होइन। यसअघि झैं क्रेमलिनले यसपटक पनि जेलेन्स्कीलाई मस्को आएर पुटिनसँग भेट्न स्वागत रहेको जवाफ फर्काएको छ। यस पत्रमा किभले पहिलोपटक अमेरिकी ध्यान अहिले पूर्ण रूपमा इरानतर्फ केन्द्रित भएको कुरा सार्वजनिक रूपमा स्वीकार गरेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया