logo

२०८३ जेष्ठ १९ मंगलवार

logo
  • २०८३ जेष्ठ १९ मंगलवार
  • अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गयो, २७ घाइते

    955Shares
    अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गयो, २७ घाइते

    काठमाडौं। अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । बुधबार साँझ अर्घाखाँचीको सुपादेउरालीको दर्शन गरेर फर्किंदै गरेको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे सन्धिखर्क सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्स्पेक्टर विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

    पौडेलले सञ्चारमाध्यमसँग भने, ‘साँझ पौने ६ बजेतिर सुपादेउरालीको दर्शन गरेर फर्किंदै थियो। एक्कासी दुर्घटना भयो। चार जनाको उपचारको क्रममा मृत्यु भयो। ‘ उनका अनुसार मृत्यु हुने तीन जना महिला र एकजना पुरूष रहेका छन् । उनीहरुको पहिचान खुल्न बाँकी छ । यस्तै दुर्घटनामा परी २७ जना घाइते भएका छन्। उनीहरूलाई बुटवलमा उपचारका लागि लगिएको इन्स्पेक्टर पौडेलले बताए ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट